+
+

नेपाल बैंकको डबल धमाका मुद्दती खाता सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १९:१८

काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंकका अनुसार व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुनेछ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम उक्त मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सबै शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?