+
+

प्रेमसागरले सुर्खेतमा पुगेर गरे १७१औं पटक रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १९:२९

१२ साउन, सुर्खेत । स्वयंसेवी रक्तदाता प्रमेसागर कर्माचार्यले सुर्खेतमा पुगेर १७१ औं पटक रक्तदान गरेका छन् ।

५५ औं राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा आयोजना गरेको वृहद् रक्तदान कार्यक्रममा कर्माचार्यले १७१ पटक रक्तदान गरेका हुन् ।

नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा चिनिने प्रेमसागरले रक्तदानका माध्यमबाट कयौं नेपालीहरुको ज्यान बचाएका छन् ।

कर्माचार्यसँगै सुर्खेतका प्रवाश कुमार शाक्यले पनि रक्तदान गरेका थिए । ७५ औं पटक रक्तदान गरेका शाक्य कर्णालीमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिभित्र पर्दछन् ।

पछिल्लो समय कर्णालीको राजधानी वीरेन्द्रनगरमा रगतको अभाव देखिन थालेको छ । सोही रगत अभाव पुर्तीका लागी स्यंमसेवी रक्तदाताहरुले रक्तदान कार्यक्रम सञ्चालन गरेर केही सहज बनाउने प्रयास गरिरहेका छन् ।

बिहीबार मात्रै उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमबाट ९१ प्रिन्ट रगत संकलन भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । संघले राष्ट्रिय रक्तसञ्चार दिवसको अवसर परेर प्रत्येक वर्ष वृहत रक्तदान कार्यक्रम समेत सञ्चालन गर्ने उनको भनाइ छ ।

हरेक तीन तीन महिनामा नियमित रुपमा रक्तदान गर्दै आएका कर्माचार्य रक्तदानले मान्छेलाई नयाँ जीवन दिने बताए । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले पछिल्लो पटक विभिन्न जिल्लामा शाखा विस्तार गरी रक्तदान कार्यक्रमको जनचेतना तथा प्रवर्दनमा लागि पर्दै आएका छन् ।

प्रवास शाक्यको नेतृत्वमा १३ सदस्यि नेपाल स्वयंसेवी रक्तदाता समाज, कर्णाली समेत गठन गरेका छन् । रक्तदानका लागी यूवाहरुलाई प्रेरित गर्न सुर्खेत पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?