+
+

बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १४:२१

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् ।

शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन् ।

‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन ।’

उनले अगाडि थपे, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताकाे कारण पूरा हुन नसकेको बताए । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’

उनले एकपटक पुनः देशकाे बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?