+
+

प्रेस सेन्टरमा पदाधिकारीको भिड : १९ जना उपाध्यक्ष, २७ जना सचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १९:००

१४ साउन, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ ।

यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।

१४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् ।

हेर्नुहोस् प्रेस सेन्टरको पदाधिकारी सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?