+
+

कांग्रेस नेता गिरिको स्वास्थ्यमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते ११:११
फाइल तस्वीर

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ ।

गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला,’ खनालले अनलाइनखबरसँग भने ।

लामो समय भारतमा उपचार गरी फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसीटी अस्पतालमा भर्ना गरिएको  थियो ।

भारतमा उपचार गरिएको समस्याको थप उपचारका लागि भर्ना नभएको खनालले जानकारी दिए । उनले भने, ‘भारतमा उपचार गरिएको र यहाँ उपचार गर्नुको फरक समस्या हो । निमोनियाको उपचारका लागि भर्ना हुनुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?