+
+

यो गठबन्धन रहेसम्म सबै क्षेत्र अस्तव्यस्त : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १९:२२

१५ साउन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन् ।

यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले आयोजन गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/०७९ का विजयी खेलाडीहरुको सम्मान कार्यक्रममा बोल्दै पौडेलले मुलुकलाई सही दिशा निर्देश गर्ने र ठीक ढंगले नेतृत्व गर्ने पार्टी एमालेमात्र रहेको दावी गरे । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेथितीले पनि एमाले बाहेक अरुले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उपाध्यक्ष पौडेलले बताए ।

‘सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महंगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ’, उनले भने, ‘तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?