+
+

साफ यू-२० च्याम्पियनसिप पहिलो हाफमा नेपाल एक गोलले पछि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते २०:११

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ ।

यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरे ।

नेपाली गोलकिपर इश्वर गुरुङले बल पूर्ण रुपमा रोक्न नसकेपछि नजिकै रहेका टाइसनले गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै घरेलु टोली भारतले नेपालमाथि दबाब बनाएको थियो ।

पहिलो हाफमा भारतले गोल गर्ने आधा दर्जन भन्दा बढी मौका गुमाएको थियो । नेपालले पनि गोलका केही अवसर बनाएपनि फिनसिङ हुन सकेन ।

नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएर पहिलो जित निकालेको थियो ।

शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?