१६ साउन, पोखरा । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको भनाइ छ । ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।’
पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।
तस्वीरः सामाजिक सञ्जाल
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4