+
+

आईएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:४८

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आईएमई पे’ ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ ।

डिजिटल भुक्तानीका लागि मुख्य रोजाइमा पर्दै आएको आईएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आईएमई पेले मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।

आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ ।

यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएको छ ।जसका लागि सेवाग्राहीले महिनाभरि कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नु पर्ने नियम तथा शर्त रहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?