+
+

सेल्फीको भविष्य के होला ? एआईले दियो यस्तो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १३:३६

काठमाडौं । स्मार्टफोनको प्रयोगसँगै सेल्फीको क्रेज पनि बढ्न थाल्यो । खासगरी किशोर किशोरी तथा युवाहरु सेल्फीका शौखिन बनेका छन् । ज्यानलाई नै जोखिममा राखेर सेल्फी खिच्ने ध्याउन्नले धेरैजना दुर्घटनामा परेर ज्यान नै गुमाउने गरेका घटना पनि सार्वजनिक हुन्छन् बेला बेलामा । आखिर मानिसलाई यति धेरै मग्न बनाएको सेल्फीको भविष्य के होला ? मानिसले खिच्ने संसारको अन्तिम सेल्फी कस्तो होला ? यसको जवाफ आर्टिफिसियल इन्टेलिजेन्सले दिएको छ ।

वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स (AI)को प्रयोग हाल धेरै क्षेत्रमा हुने गरेको छ । DALL E 2 नामक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग तस्वीर सिर्जना गर्नका लागि गर्ने गरिन्छ । उक्त आर्टिफिसियल इन्टेलिजेन्ससँग धर्तीको अन्तिम सेल्फी कस्तो होला भनेर सोधियो । तर विडम्बना त्यसको नतिजा खासै राम्रो आएन । उक्त प्रश्नको जवाफमा AI ले विभिन्न तस्वीरहरु सिर्जना गर्यो ।

त्यसरी सिर्जना गरिएका तस्वीरहरु जब Robots Overloards नामको टिकटक अकाउन्टमा अपलोड गरिए तब ती तस्वीरहरु भाइरल हुन थाले । आर्टिफिसियल इन्टेलिजेन्सले जुन तस्वीर सिर्जना गरेको थियो त्यसमा चारैतर्फ ध्वस्त भएको र मानिसहरु हातमा मोबाइल समाइरहेको देखिन्छ ।

के हो DALL-E ? कसरी गरियो अन्तिम सेल्फीको भविष्यवाणी ?

DALL-E आर्टिफिसियल इन्टलिजेन्स सिस्टमलाई धर्तीमा मानिसले लिने अन्तिम सेल्फी सिर्जना गर्नका लागि अह्राइयो । उसले गुगलको सर्भरबाट प्राप्त जानकारीको आधारमा इमोजीको एक सिरिज पनि तयार पार्यो र भयानक तस्वीरहरु सिर्जना गर्यो ।

ती तस्वीरहरुमा यत्रतत्र विध्वंश भैरहेको र डरलाग्दा मानिसहरुले हातमा मोबाइल समाइरहेको देखाइएको छ । यो आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमले मानिसहरुको टेक्स्ट डिस्क्रिप्सन इनपुटको आधारमा उक्त युनिक तस्वीर सिर्जना गरेको बताइएको छ ।

उक्त आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमले १२ बिलियन प्यारामिटर भर्सन GPT-3 को प्रयोग गर्यो । यो एक अटोग्रेसिभ ल्यांग्वेज मोडल हो जसले डिप लर्निङको प्रयोग गरी व्यक्तिजस्तै कुराकानीको सिर्जना गर्दछ । जबकि इन्जिनियरहरुले OpenAI को GPT 3 मोडेल प्रयोग गरी DALLE-E  को विकास गरेका थिए । यसले अक्षरहरुको आधारमा तस्वीर सिर्जना गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?