+
+

निको भएपछि स्टेजमा फर्किए जस्टिन बिबर, दिल्लीमा कन्सर्टको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १३:४२

काठमाडौं । गायक जस्टिन बिबर स्टेजमा फर्किएका छन् । इटालीको लुका समर फेस्टिभलमा प्रस्तुत दिंदै गर्दा अनुहारको पक्षघात गराउने रामसे हन्ट सिन्ड्रोमको संक्रमण पुष्टि भएको दुई महिनापछि उनी कन्सर्टमा फर्किएका हुन् ।

संक्रमण पुष्टि भएपछि यो उनको पहिलो कन्सर्ट हो । उक्त भाइरसले गर्दा जस्टिनको अनुहारको आधा भागमा पक्षघात भएको थियो । जस्टिन आइतबार राति इटाली कन्सर्टमा पुनः देखिए र आफ्ना प्रशंसकलाई चम्किलो प्रस्तुति दिए । उनले धेरैपटक सर्ट्लेस हुँदै गीत गाए ।

आगामी सेप्टेम्बरमा दक्षिण अमेरिका टुरमा निस्कनुअघि उनको आधिकारिक वेबसाइटले युरोप भ्रमणको तालिका सार्वजनिक गर्न थालेपछि २८ वर्षीय गायकको स्वास्थ्यमा सुधार भएको अनुमान गरिएको छ ।

बिबरले दक्षिण अफ्रिकामा दुई शो गर्नेछन् र त्यसपछि उनी जस्टिस वल्र्ड टुरको हिस्साको रुपमा आगामी महिनामा मध्यपूर्व, एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने प्रदर्शनमा सहभागी हुनेछन् । उनले भारतमा समेत कन्सर्टको तयारी गरेका छन् ।

उनको दिल्लीमा कन्सर्ट हुने कार्यक्रम यसअघि सार्वजनिक भइसकेको थियो । तर नयाँ मिति आउन बाँकी छ । गत महिना जस्टिनले इन्स्टाग्राममार्फत आफूलाई उक्त भाइरस संक्रमण भएको भन्दै भिडियो सन्देश जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?