+
+

एमाले अध्यक्ष ओली पशुपतिको गंगा आरतीमा सहभागी हुने

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १४:२८
फाइल तस्वीर

१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।

पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ । साउन महिनाभर पशुपतिमा भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?