+
+
काभ्रेस्थली घटना :

बेलायत उड्ने तयारीमा थिइन् सुनिता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १५:१०
काठमाडौंको काभ्रेस्थलीस्थित ४ जना मृत भेटिएको घर । तस्वीर : शंकर गिरी/अनलाइनखबर ।

१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् ।

दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवारिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए ।

पछिल्लो समय भने सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् । त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।

पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् । घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ, जुन दिनेशको मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?