+
+

काभ्रेस्थली घटना : अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १५:४०

१६ साउन, काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली पनि काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा पुगेको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा सुरु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?