+
+

एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफलमा परराष्ट्र मन्त्री र प्रधानसेनापति अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १७:०३
फाइल तस्वीर

१६ साउन, काठमाडौं । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समिति’ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्र मन्त्री नारायण खड्का र, परराष्ट मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरु, रक्षा मन्त्रालयका सचीवलाई बोलाएको थियो ।

मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा साम्सदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले केही मिनेट अघि परराष्ट्रमन्त्री अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराइन्।

‘परराष्ट्र मन्त्री र प्रधानसेनापतीलाई दस्तावेज सहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले बिशेश काम परेको पनि उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचीवले पनिबपरराष्ट्र मन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो।’ सभापति जैरुले जानकारी दिइन्।

परराष्ट्रमन्त्री र प्रधानसेनापती अनुपस्थित भएपछि समिति बैठक मूल विषय छाडेर विविधअन्तर्गत ‘संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ ?’ भन्नेमा केन्द्रित भएको छ ।

समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्र मन्त्रीको समय लिएर अर्को बैठक राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?