+
+

प्रकाश सपुतले शाहरुखको ‘सिग्नेचर स्टाइल’ कपी गरेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १७:५५

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान एक खास ‘डान्स सिग्नेचर’ले प्रशंसकमाझ चर्चित छन् । एक ब्रान्ड प्रवर्द्धन गर्न नेपाल आइपुगेका बेला पनि शाहरुखले डान्स सिग्नेचर प्रस्तुत गरे ।

उनको त्यो नृत्य स्टाइललाई अब भने गायकबाट अभिनेता बनेका प्रकाश सपुतले पछ्याएका छन् । सोमबार रिलिज भएको फिल्म परदेशी २ को गीतमा प्रकाशले शाहरुख शैलीमा नाचेका छन् ।

हुन त फिल्मको गीतमा कलाकारले कस्तो नृत्य शैलीलाई पछ्याउने भन्ने कुरा कोरियोग्राफरको कम्पोजमा निर्भर हुन्छ । गीतमा यस्तै स्टाइल राखिए पनि पत्रकार सम्मेलनमा प्रकाशलाई के शाहरुखको सिग्नेचर स्टाइल कपी गर्नुभएको हो ? भनेर सोधियो ।

जवाफमा प्रकाशले भने, ‘यो स्टेप कपी गरिएको हो वा होइन भन्ने कुरा कोरियोग्राफर रामजी लामिछानेलाई सोध्नुपर्छ । तर मलाई विश्वकै चर्चित नायकसँग तुलना गरिदिनुभएकोमा खुसी लाग्यो ।’

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्म परदेशी २ का निर्देशक नारायण रायमाझी, गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी

गीतलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका हुन् ।

प्रकाश विवादित गायक पनि हुन् । उनका प्रायः गीत विवादले घेरिएका हुन्छन् । यस्तोमा म्युजिक भिडियोबाट उनी अब भने फिल्ममा सफल हुने दौडमा छन् । अभिनेता बन्ने बाल्यकालीन सपना रहेको भन्दै प्रकाशले यसतर्फ केन्द्रित हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?