+
+

राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते ८:२६

काठमाडौं । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ काठमाडौं पहिलो भएको छ । फाइनलमा दरबार दोहोरी साँझ काठमाडौंलाई हराउँदै नगरकोटले उपाधि जितेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अस्ट्रेलिया तेस्रो भए । दुवै टिमले बराबर अंक प्राप्त गरे ।

उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र प्रतिष्ठान गण्डकीकी सीता परियार उत्कृष्ट गायिका घोषित भइन् । धौलागिरि दोहोरो साँझ ओसाका जापान अनुशासित टिम बन्न सफल भयो । जुनेली दोहोरी साँझकी शान्ति कार्कीले नवप्रतिभा पोत्साहन पुरस्कार प्राप्त गरिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी निर्णायकको रुपमा थिए । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको प्रतियोगितामा देशभरबाट ४५ टिमले प्रतिस्पर्धा गरे ।

विजेता समूहले ६ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता समूहले ४ लाख, तृतीय हुन सफल दुई समूहले डेढ-डेढ लाख नगद पुरस्कार हात पारेका छन् ।

उत्कृष्ट गायक, गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । नवप्रतिभा पोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैयाँ प्रदान गरियो । साउन १२ गतेबाट पोखरा सभागृह हलमा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चलेको थियो ।

लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । २००३ साल साउन १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?