+
+

प्रदेश १ का मुख्यमन्त्रीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १०:०३
मुख्यमन्त्री राजेन्द्रकुमार राई । फाइल तस्वीर

१७ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?