+
+

फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १३:०२

काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ अब भारतमा रिलिज हुने भएको छ । भदौ १७ गतेदेखि भारतका नेपालीभाषीमाझ फिल्म प्रदर्शन गर्न लागिएको निर्मात्री जुनु गौतमले जानकारी दिइन् ।

साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमाथि बनेको फिल्म भारतको उत्तरपूर्वी क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिक लगायतका स्थानमा प्रदर्शन हुन लागेको उनले बताइन् ।

झमकको पुस्तक पढिसकेका र ट्रेलर रिलिजपछि फिल्म हेर्ने पर्खाइमा रहेका दर्शकलाई लक्षित गरी फिल्म प्रदर्शन गर्न लागिएको निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् । कोरोना महामारीले यसअघि भारत प्रदर्शन रोकिएको थियो ।

फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलिगुडीकी अवस्था थापा र झमकको किशोरावस्थापूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले अभिनय गरेका छन् ।

सारिका घिमिरे, किसान सुनार, उमा गिरी र मेनुका प्रधानको पनि फिल्ममा अभिनय छ । मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवादमा सहकार्य रहँदा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?