+
+
Shares

पेट्रोलियम पदार्थमा मुल्य समायोजना गर्न कार्की नेतृत्वको अखिल क्रान्तिकारीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १९:०४

१७ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य समायोजना नभएको भन्दै त्यसलाई समायोजना गर्न पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले माग गरेको छ ।

अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि नघटाएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेरै क्रान्तिकारीले विरोध जनाएको हो ।

‘इंडियन ऑयल कॉर्पोरेशन लिमिटेडले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्याँसमा ७७ रुपैयाँ प्रति सिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वृद्धि गर्न एक सेकेन्ड नकुर्ने तर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा कानमा तेल हालेर सुत्ने जस्तो हर्कत अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण रहेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा यहाँ तत्काल बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला यहाँ नघटाउने प्रवृत्ति विगतदेखि नै देखिँदै आएको  भन्दै तत्काल मुल्य समायोजना गर्न माग गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?