News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ।
- निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मट्टितेलमा ५ रूपैयाँ मूल्य बढेको छ।
- आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।
१७ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4