+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

घट्यो घरघरमा नाग टाँस्ने काम   

रासस रासस
२०७९ साउन १७ गते १९:२३

१७ साउन, झापा । पछिल्लो नाग पञ्चमीका दिन घरघरमा नागको फोटो टाँस्न आउने क्रम घट्दै गएको छ । पहिला पहिला नाग पञ्चमीका दिन चार/पाँचजनासम्म नागको फोटो टाँस्न घरमा आउने गरेको भद्रपुर–४ का महरसिंह राजवंशीले बताए । ‘पहिला नाग पञ्चमीका दिन बिहानै पुरोहित घरमा आउने गर्थे’, ५२ वर्षीय राजवंशीले भने, ‘अहिले आउने क्रम निकै घटेको छ ।’

उनको जस्तै, अनुभव छ भद्रपुर–६ की ३८ वर्षीया पुष्पा रिमालको । ‘हामी सानो हुँदा नाग टाँस्ने दिनभर आइनै रहन्थे’, उनले भनिन्, ‘आज बिहानदेखि एकजना पनि आएका छैनन् ।’

नाग पञ्चमीका दिन बिहानै पुरोहितहरु श्लोक लेखिएको नागको तस्वीर लिएर घरको मूलद्वारमा टाँस्न आउने गरेको भद्रपुर–५ की पूर्णिमा शर्माले बताइन् । ‘अहिले पनि आउने नाग टाँस्न आउने गरेका छन्’, उनले भनिन्, ‘तर पहिला जस्तो आउँदैनन् ।’

नाग पञ्चमीका दिन नागको मूर्ति, प्रतिमामा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । यसो गर्नाले घरमा चट्याङ, आगलागी नहुने, नाग, बिच्छी लगायतका विषालु जीवले दुःख नदिने लगायतका धार्मिक जनविश्वास छ ।

नाग पञ्चमीको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मानिन्छ । यस दिन नागको बासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ । झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहोम लगायतका धार्मिकस्थलमा भक्तजन नाग देवताको पूजा–अर्चना गर्न जाने गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?