+
+

ओस्कार अवार्डमा एसियाली वर्चस्व : चिनियाँ मूलकी जेनेट योङ बनिन् अध्यक्ष

नेपालको ओस्कर कमिटी संयोजकमा पुनः पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १०:४६

काठमाडौं । हलिउडसहित विश्व फिल्ममा पछिल्लो समय एसियाली दबदबा बढ्न थालेको छ । ओस्कार अवार्ड, कान्ससहितका ठूला फिल्म फेस्टिभलमा पनि एसियाली वर्चस्व लोभलाग्दो छ ।

यस्तोमा चिनियाँ मूलकी हलिउड निर्माता जेनेट योङ ओस्कार अवार्ड आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजको अध्यक्षमा चुनिएकी छन् ।संस्थाका बोर्ड अफ डाइरेक्टरले जेनेटलाई अध्यक्षमा चुनेको हो । ओस्करको अध्यक्षमा चुनिने उनी पहिलो चिनियाँ र चौथो महिला हुन् । साथै निर्देशक समितिले अन्य पदाधिकारी पनि चुनेको छ ।

‘जेनेट एकेडेमीमा सेवामा प्रतिबद्ध र रणनीतिक कौशल भएकी नेतृ हुन्,’ एकेडेमीका सीईओ बिल क्रेमरले भने, ‘फिल्म कलाको उत्सव मनाउन र आगामी पुस्तालाई प्रेरणा दिन उनको कार्यकाल महत्वपूर्ण हुने आशा लिएका छौं ।’

हलिउडमा ओलिभर स्टोन र क्याथरिन बिगेलेसँग काम गरिसकेकी ६६ वर्षीया याङ स्थापित अनुहार हुन् । जोय लक क्लब, द पिपुल भर्सेस ल्यारी फ्लेन्ट र ओस्कारमा मनोनित ‘ओभर द मुन’मा योङले काम गरिसकेकी छन् ।

एकेडेमीको विधानअनुसार अध्यक्षको कार्यकाल एक वर्षको हुन्छ र चारपटक पनि बढी लगातार अध्यक्ष हुन पाइँदैन । यसैबीच नेपालको ओस्कार कमिटीले पनि संयोजकमा निर्देशक विमल पौडेललाई नै चुनेको छ । उनी केही वर्षदेखि लगातार संयोजकमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?