+
+

बढेको सीआरआर कार्यान्वयनमा, एसएलआर भने पुसपछि मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:०६

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वृद्धि गरेको वैधानिक तरलता अनुपात (एसएलआर) आगामी पुसदेखि मात्रै कार्यान्वयनमा लैजान भएको छ । तर, अनिवार्य नगद अनुपात (सीआरआर) भने १२ साउनदेखि नै कार्यान्वयन भएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात ३ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याउने बताएको थियो । मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था १२ साउनदेखि नै कार्यान्वयन भएको राष्ट्र बैंकले जनाएको छ । उक्त व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा यस बैंकमा राख्नु पर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।

वैधानिक तरलता अनुपातसम्बन्धी नयाँ व्यवस्था २०७९ पुस मसान्तदेखि लागू हुने जनाएको छ । ‘२०७९ पुस मसान्तदेखि इजाजतपत्रप्राप्त वाणिज्य बैंकले कुल स्वदेशी निक्षेपको १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीले १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नु पर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

हाल वाणिज्यले कुल स्वदेशी निक्षेपको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?