+
+

कालोधनको लगानी रोक्ने जिम्मा बैंक सञ्चालक समितिलाई

बैंक तथा वित्तीय संस्थाले वार्षिक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:३०

१८ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वार्षिक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि संस्थाले सम्पादन गर्नुपर्ने कार्यहरु जोखिमका आधारमा सम्पादन हुनेगरी सञ्चालक समितिबाट वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।

यस्तै उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयन भए/नभएको सुनिश्चित गर्ने संयन्त्र तयार गर्ने तथा नियमित अनुगमन गर्ने जिम्मेवारी सञ्चालक समितिको हुने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?