+
+

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीबाट निवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते ९:०२

१९ साउन, काठमाडौं । भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग सरकारले निवेदन माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन भनेको हो ।

भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ । सोही सन्दर्भमा उद्योग मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग निवेदन माग गरेको हो ।

निवेदन दिंदा चिनी र गुहँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्ने छ । साथै निवेदनको साथमा उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात-निर्यात इजाजतपत्र र क्वारेन्टिन लगायतका इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनु पर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?