+
+

लगानीकर्ताको हित सोचेर मात्रै धितोपत्र बोर्डले निर्णय गर्छ : हमाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १७:२३

१९ साउन, काठमाडौं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालले कुनै पनि निर्णय गर्दा बोर्डले लगानीकर्ताकाे हित साेचेर मात्रै गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले बिहीबार आयाेजना गरेकाे पूँजी बजारकाे वर्तमान अवस्था र आगामी ५ वर्षकाे सम्भावना विषयक कार्यक्रममा अध्यक्ष हमालले धिताेपत्र बजारमा समस्या र चुनाैती धेरै भएपनि त्यही चुनाैतीका बीच अवसर खाेज्नुपर्ने बताए

उनले भने, ‘लगानीकर्ताले बजारलाई विश्वास गरेका छन् । र, त हामी छाैं । लगानीकर्ताकाे हित साेच्न सकेमात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ ।’ सबै क्षेत्रमा आधारभूत कुरा जान्नुपर्ने आवश्यक रहेको भन्दै उनले पूँजी बजारमा पनि उक्त कुरा लागू हुने बताए ।

बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्र ल्याउन जरूरी रहेको भन्दै उनले त्यसका लागि बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताए । उनले भने, ‘बुक बिल्डिङ प्रणालीमा अर्काे दुर्घटना नहाेस् । दुर्घटना भयाे भने त्यसलाई पुन: सुरू गर्न ठूलाे मिहेनत चाहिन्छ ।’ स्थापित कम्पनीकाे स्वामित्व जनतामा गयाे भने जनताकाे आर्थिक स्थिति पनि सुधार हुने उनले बताए ।

एसएमई प्लेटफर्मकाे प्राविधिक समस्या २ महिनामा समाधान गर्नुपर्ने भन्दै उनले एसएमई मात्रै नभएर समयमा अडिट गर्न नसक्नेलाई वर्गीकरण गर्न जरूरी रहेको बताए । क्यापिटल मार्केट इन्स्टिच्युट यही वर्ष स्थापना भएर अर्काे वर्ष कार्यक्रम सुरू हुनु पर्ने उनले बताए ।

‘अहिलेकाे नेप्सेकाे सिस्टमले १७० भन्दा बढी ब्राेकर धान्दैन । ओपन एक्जिट र ओपन इन्ट्री हुँदा कम पूँजी भयाे भने त्याे नाघ्दा के गर्ने ? ब्राेकरमा काेटा प्रणाली लागू गरेर तजबिजी अधिकार लागू गर्नु हुँदैन । पूँजीमा छलफल गर्न सकिन्छ । तर लाइसेन्स ओपन गर्दा ब्राेकर खाेल्ने बाढी आयाे भने के गर्ने  ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?