+
+
Shares

धितोपत्र बोर्डसँग अख्तियारले माग्यो आईपीओ पाइपलाइनमा रहेका कम्पनीको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १९:०९

२४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा आईपीओ माग गरेका कम्पनीको विवरण  माग गरेको छ ।

आयोगका तीन जना कर्मचारी बुधबार बिहान विवरण उपलब्ध गराइदिनु भन्ने ब्यहोराको पत्र लिएर बोर्डको कार्यालय पुगेका थिए ।
आयोगको पत्र प्राप्त भएलगत्तै आईपीओ, हकप्रद लगायतका अनुमति मागेका कम्पनीको बिबरण र अहिलेको अबस्थाको सूची बोर्डले तयार गरी उनै कर्मचारीलाई हस्तान्तरण गरेको थियो ।

‘पत्र लिएर तीन जना कर्मचारी आउनुभएको थियो, हामीसँग लगभग अद्यावधिक सूची नै थियो, पुनः रुजु गरेर केहीबेरमै हामीले सात पेजको बिबरण हस्तान्तरण गरेका हौं’ बोर्डका एक कर्मचारीले अनलाइनखवरसँग भने ।

आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डसँग विवरण र अहिलेको अवस्थाबारे जानकारी माग गरेको हो ।

४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको विद्युत् कम्पनीहरूले दावी गरेका छन् ।

धेरैजसो प्रवर्द्धकहरूसँग भेटेरै र कतिपयसँग फोन, एसएमएस र इमेल मार्फत पनि रकम माग गरेको जलविद्युत् प्रवर्द्धकहरूको दावी छ ।

हालै आईपीओ प्राप्त गरेका तीनवटा जलविद्युत कम्पनीले समेत कमिसन बुझाएरै स्वीकृति पाएको उर्जा उत्पादकहरुको आरोप थियो । तर, बुधबार तीनवटै कम्पनीले बिज्ञप्ति जारी गरेर अन्य उर्जा उत्पादकहरुले लगाएको आरोपको खण्डन गरेका छन् । उनीहरुले कमिसन बुझाएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

यसैवीच स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष र उपाध्क्षसहितको ब्यबसायीको टोलीले बुधबार नै बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भेट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?