+
+
Shares

के छ धितोपत्र बोर्डले अख्तियारलाई दिएको विवरणमा ?

दिनभरिजसो बसेको अख्तियार टोलीलाई बोर्डले आईपीओको पाइपलाइनमा रहेका ८९ कम्पनीको अहिलेका अवस्थाबारे जानकारी उपलब्ध गराएको स्रोतले जानकारी दियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १७:१२

२५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाइपलाइनमा रहेको आईपीओको अवस्था सम्बन्धी विवरण उपलब्ध गराएको छ ।

पाइपलाइनमा रहेका आईपीओ स्वीकृति क्रममा बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिएर कमिसन ‘मागेको’ निजी ऊर्जा उत्पादकहरूले आरोप लगाएपछि त्यसको विवरण लिन अख्तियार टोली बुधबार धितोपत्र बोर्ड गएको थियो ।

दिनभरिजसो बसेको टोलीलाई बोर्डले आईपीओको पाइपलाइनमा रहेका ८९ कम्पनीको अहिलेका अवस्थाबारे जानकारी उपलब्ध गराएको स्रोतले जानकारी दियो ।

८९ कम्पनीमध्ये ७८ वटा १ सय रुपैयाँ वा त्यसभन्दा कम मूल्यमा आईपीओ निष्कासन अनुमति माग्ने छन् भने ११ वटा प्रिमियम मूल्यमा अनुमति माग्ने छ ।

त्यस्तै हकप्रद सेयर निस्कासन प्रक्रियामा रहेका १७ कम्पनीको विवरण पनि अख्तियार टोलीले लिएर गएको छ ।

अनलाइनखबरले बोर्ड स्रोतबाट प्राप्त विवरण अनुसार अधिकांश कम्पनीको आईपीओ प्रक्रिया अध्ययन क्रममा रहेको बताइएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?