+
+

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते ८:२६

२० साउन, काठमाडौं । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो ।

निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगका प्रवक्ता पौडेलका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलि (साउन २० र २१ गते)सम्म समय दिइएको छ ।

मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?