+
+

हुम्लामा बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १२:४४

२० साउन, सुर्खेत । प्रहरीले हुम्लाको चंखेलीमा तीन नाल भएको भरुवा बन्दुक फेला पारेको छ ।

चंखेली गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अवस्थामा बन्दुक फेला पारिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाइ राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा फेला परेको हो।

बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता एवम् एसएसपी माधव श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?