
२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो ।
दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल झर्दे ५८ औं स्थानमा पुगेको छ ।
यस्तै बंगलादेश १४७ औं, श्रीलंका १५३ औं, माल्दिभ्स १५६ औं र भुटान १७६ औं स्थानमा छन् ।
नेपाली टिम एक महिनापछि नेपालमै आयोजना हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको तयारीमा छ । दशरथ रंगशालमा हुने उक्त च्याम्पियनसिपमा नेपाल श्रीलंका र भुटान समूह बीमा छन् ।
जुलाई महिना महिला फुटबलमा निकै व्यस्त रहँदा अमेरिका शीर्ष स्थानमा कायम छ । महिला युरोमा उपविजेता बनेको जर्मनी तीन स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लँदा स्वीडेन तेस्रो स्थानमा झरेको छ ।
यस्तै पहिलो पटक महिला युरो जितेको इंग्ल्याण्ड चौथो स्थानमा उक्लेको छ भने फ्रान्स पाँचौ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4