+
+

पटवा, विल्टाउ, विन, मलाह, लोहार र गोढया थर भएकाले भत्ता नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १६:०२

२० साउन, काठमाडौ । पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया लगायतका जात/थर भएका व्यक्तिले दलितका रुपमा सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधबार एक सूचना जारी गर्दै यी जातिहरु दलित जातीय अनुसूचीमा सूचिकृत नभए कारण भत्ता नदिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

दलितमा सुचिकृत नभए पनि पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया थर भएका व्यक्तिहरुलाई अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए । कही स्थानीय तहले भने भत्ता दिने कि नदिने भनेर सुझाव मागेका थिए ।

स्थानीय तहहरुले यी जातहरुलार्ई सामाजिक सुरक्षाभत्ता दिने कि नदिने भन्ने अन्यौलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेपछि सूचना जारी गरिएको विभागका सामाजिक सुरक्षा शाखाका निर्देशक सागरमणि पाठकले जानकारी दिए ।

‘यस अगाडी उक्त जात/थर भएकाहरुलाई स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता दिइरहेका थिए, हाम्रो रेकर्डमा पनि भत्ता दिइरहेको भन्ने थियो । केहिले दिने, केहिले नदिने भइरहेको अवस्थामा राष्ट्रिय दलित आयोगले आयोगमा सूचिकरण भएका समुदायलाई मात्रै भत्ता दिनु भनेपछि हामीले यो सूचना निकालेका हौं,’ पाठकले भने ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले राष्ट्रिय दलित आयोगको दलित जातीय अनुसूची विवरण बमोजिमका जात/थरका व्यक्तिलाई दलित जाति अन्तर्गत उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?