+
+

सुर्खेतमा मोटरसाइकलको ठक्करले महिलाको मृत्युपछि आफन्तको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते १६:२४

२१ साउन, सुर्खेत । माेटरसाइकलकाे ठक्करबाट एक महिलाको मृत्यु भएको विषयलाई लिएर शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफन्तले आन्दोलन गरेका छन् ।

शुक्रबार दिउँसो  रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर नगरपालिका-१२ कि ४३ वर्षकी बालकुमारी नेपालीलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

मृतकका आफन्त र परिवारका सदस्यले क्षतिपूर्ति र ठक्कर दिने मोटरसाइकलका चालकलाई कारबाहीको माग गर्दै यातायात बन्द गराएका थिए । केहीबेर यातायातका साधन बन्द गर्न खोजे पनि सम्झाइबुझाई गरेपछि राेकिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले बताए ।

मृतकका आफन्त र प्रशासनबीच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का २० वर्षीया बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?