+
+

डा. भट्टराईसँग अलग भए मदन राई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १०:३२
डा. बाबुराम भट्टराईसँग मदन राई । फाइल तस्वीर

२२ साउन, काठमाडौं । ७ वर्षअघि नयाँ शक्ति पार्टी हुँदै डा. बाबुराम भट्टराईको साथ राजनीतिक यात्रा तय गरेका कृषि विज्ञ मदन राई राजनीतिबाट अलग्गिएका छन् ।

डा. भट्टराईको नेतृत्वको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा राई अटाएका छैनन् । शनिबार साँझ फेसबुकमा एक स्टाटस अद्यावधिक गर्दै राईले भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गरेका छन् ।

‘म अलग भएँ, क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो,’ उनले लेखेका छन् । लामो समय नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गरेका उनी उक्त पार्टी परित्याग गरी १६ वर्ष स्वतन्त्र बसेका थिए । २०७२ मा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको ३५ सदस्यीय कमिटीमा राई पनि थिए ।

पछिल्लो सात वर्षमा डा. भट्टराई शक्ति र मिसमास राजनीतितिर लागेपछि आफू सल्लाहमा नै अलग बसेको राईले स्पष्ट पारेका छन् । ‘७ वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेर भए, राम्रा भए,’ उनले लेखेका छन्, ‘अरुलाई सहयोग गर्न धेरै काम लाग्नेछन् ।’

उनले बाँकी जीवन ‘क्याडरलेस’, ‘पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पछिल्लो पुस्तालाई समय, ज्ञान र धनले समर्पित भएर सघाउने उद्घोष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?