+
+

गंगालालका विशेषज्ञ चिकित्सकको अवकाशको उमेर हद बढाउने निर्णयको एमालेद्वारा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १२:२४

२२ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णयको नेकपा एमालेले विरोध गरेको छ ।

आइतबार संसदको शून्य समयमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त निर्णयको विरोध गरेका हुन् ।

संचालक समितिले ६० बाट बढाएर उमेर हद ६३ वर्ष बनाएको छ । यसबारे भट्टराईले सरकारले चाह्यो भने ८० वर्ष पनि पुर्‍याइदिन सक्ने भन्दै सचेत गराए । ‘एउटा प्रधानमन्त्रीको कुर्सी छ, चार जना डिफ्याक्टो प्रधानमन्त्री भएको यति बहादुर सरकार, उसले चाह्यो भने ६३ वर्ष गर्दिनसक्छ, चाह्यो भने ८० वर्ष गर्दिनसक्छ ,’ उनले भने ।

अस्पतालका एक चिकित्सकको सेवा अवधि सकिनै लागेको बेला उमेद हद बढाइएको उनको आरोप छ । ‘म यति बलियो, बहादुर सरकारलाई भन्न चाहान्छु । त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नागरिकता बनाइदिनुस् । त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनु हुन्छ । त्यसो गरे कसो होला सभामुख महोदय ?’ भट्टराईले व्यङ्ग गर्दै भने ।

संचालक समितिका एक सदस्यका अनुसार अस्पतालका कार्डियोलोजिस्ट डा. रवि मल्ल २३ साउन गतेबाट अवकास पाउने भएपछि प्रधानमन्त्रीमार्फत आरजु राणाले दबाब दिएर उमेर हदको समय बढाइएको हो ।

अस्पताल कर्मचारी संघले पनि संचालक समितिको उक्त निर्णय केही चिकित्सकले शक्तिको भरमा गरेको भन्दै निर्णय नसच्याए आज (आइतबार)देखि हडताल गर्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?