+
+

निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १३:२०
फाइल तस्वीर

२२ साउन, काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उनले जानकारी दिए । समूहले १ महिनाको समय पाएको छ ।

समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न सरकारलाई आदेश गरेको थियो । सोही अनुसार सरकारले यस्तो समूह गठन गरेको हो ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन २०५१ सालबाटै प्रक्रिया सुरु भएको थियो । तर, लामो समय अल्झनमा बस्दा यो आयोजना अनेक संकटमा फस्न पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?