+
+

इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १३:२०

२२ साउन, काठमाडौं । इजरायलले गाजा  क्षेत्रमा गरेको आक्रमणमा परेर कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको बताएको छ ।  त्यसक्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी छ । मन्सुर जिहादका दोश्रो तहका नेता हुन् ।

इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनबाट शुक्रबारदेखि अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाईँपछि इजरायलले अहिले सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो । यो कारबाही एक हप्तासम्म चल्ने उसले बताएको छ । २०२१ मेमा २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?