+
+

मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १७:१६

२२ साउन, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाले आइतबार सबै विद्यालयमा पत्र पठाई साउन २३ गते सोमबारदेखि २६ गते बिहीबारसम्‍म विदा दिएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले कोरोना संक्रमणबाट शिक्षक र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले विद्यालयमा चार दिन विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न आग्रह गरेका छन् ।

हेर्नुस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?