+
+

‘टपगन माभेरिक’ले तोड्यो ‘टाइटानिक’को कीर्तिमान, चीन र रुसमा प्रदर्शन हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १०:२३

काठमाडौं । अन्ततः टम क्रुज स्टारर फिल्म ‘टपगन : माभेरिक’ले अमेरिकी बक्स अफिसमा ‘टाइटानिक’को कीर्तिमानलाई उछिनेको छ । भेराइटी म्यागजिनका अनुसार फिल्मले आइतबारसम्म उत्तर अमेरिकी बक्सअफिसमा ६६२ मिलियन डलर कमायो ।

यो कमाइसँगै ‘टपगन २’ अमेरिकामा धेरै कमाउने सातौं फिल्म बनेको छ । हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सको ११० वर्ष लामो इतिहासमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड पनि ।

तर टपगनको विश्वव्यापी कमाइ चाहिं १.५ बिलियन डलर छ भने जेम्स क्यामरुन निर्देशित ‘टाइटानिक’को विश्वव्यापी कुल कमाइ २.२ बिलियन डलर छ । चीन र रुसमा रिलिज नभईकन ‘टपगन २’ले अहिलेसम्म विश्वभर यति कमाइ गरेको हो । हलिउड समीक्षकले ‘वर्ड अफ माउथ’ र धेरै दर्शकले दोहोर्‍याएर फिल्म हेरेकाले फिल्मले कीर्तिमान राखेको बताउँदै आएका छन् ।

अब टपगनले मार्भलको फिल्म ‘एभेन्जर्स : इन्फिनिटी वार’को कीर्तिमानलाई उछिन्ने अनुमान छ । यो फिल्मको कुल अमेरिकी बक्स अफिसमा कमाइ ६७८ मिलियन डलर छ ।

अहिलेसम्म उत्तर अमेरिकी बक्स अफिसमा ७०० मिलियन डलरसहित ‘ब्ल्याक प्यान्थर’, ७६० मिलियन डलरसहित ‘अवतार’, ८०४ मिलियन डलरसहित ‘स्पाइडरम्यान : नो वे होम’, ८५३ मिलियन डलरसहित ‘एभेन्जर्स एन्डगेम’ र ९३६ मिलियन डलरसहित ‘स्टार वार्स : द फोर्स अवेकन्स’ शीर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?