+
+

बहुपतिप्रथाको नेपाली डकुमेन्ट्री फिल्म ‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १३:५२

काठमाडौं । हुम्ला लगायत केही हिमाली जिल्लामा रहेको बहुपतिप्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को-हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवाडए जितेको छ ।

अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार गणेश पाण्डे निर्देशित ‘को-हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो ।

यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको निर्देशक पाण्डेले बताए । आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपटक ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

यसअघि अमेरिकाको मेरियट फिल्म महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

बहुपतिप्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायत केही हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?