+
+

न्यायाधीशबाट बर्खास्तमा परेकी साहको रिट न्यायाधीश सुवेदीको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १४:१०

२३ साउन, काठमाडौं । उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेकी रेणुका साह कानूनी उपचारका लागि सर्वोच्च अदालत पुगेकी छन् ।

आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको दावी सहित उनले न्यायपरिषदको सिफारिस र त्यसका आधारमा कायम मुकायम प्रधानन्यायाधीशले गरेको निर्णय बदरको माग गरेकी छन् ।

गत विहीबार सर्वोच्च अदालतमा दर्ता भएको साहको निवेदन न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

न्यायाधीश साहले आफूलाई गलत ढंगले र गैरकानूनी रुपमा पदबाट बर्खास्त गरिएको आरोप लगाएकी छन् । उनले न्यायपरिषदका अध्यक्ष एवं कामू प्रधानन्यायाधीश, न्यायपरिषदका बरिष्ठतम सदस्य रहने कानूनमन्त्री अनि न्यायपरिषदका सदस्यहरुलाई विपक्षी बनाएकी छन् ।

सीटीईभीटीमा २० वर्ष कार्यरत रहँदा कानून र न्यायसँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेश गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको न्यायपरिषदको ठहरसहित उनी बर्खास्तमा परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?