+
+

नेपालका नदीलाई ‘प्लाष्टिक प्रदूषण मुक्त’ बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:५७

२३ साउन, काठमाडौं। वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालका नदीलाई ‘प्लाष्टिक प्रदूषण मूक्त’ बनाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यशालामा बोल्दै वन मन्त्री यादवले त्यस्तो बताएका हुन् ।

दक्षिण एसियाली देशहरुका नदी तथा समून्द्रलाई ‘प्लाष्टिक प्रदूषण मूक्त’ बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) अभियान सञ्चालन गरिरहेको छ । सासोपले नै सरोकारवाला, परामर्शदाता तथा निकायसँगको कार्यशाला आयोजना गरेको थियो ।

कार्यशालामा बोल्दै मन्त्री यादवले नेपालका नदी मात्रै नभई देशलाई नै प्लाष्टिकजन्य प्रदूषण मुक्त बनाउन आफू लागि परेको बताए । ‘प्लाष्टिकजन्य प्रदूषण सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलाई गर्नुहुँदैन ।’ उनले भने ।

मन्त्री बने लगत्तै ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिईसकेको उनको भनाई छ । यस्तै प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्री वितरण र भण्डारणमा पनि मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको उनले बताए ।

यस्ता प्रतिबन्धले प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुका कारण जल, जमिनमा हुने प्रदूषण न्युनीकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन मिल्ने र व्यापार घाटा गर्नमासमेत टेवा पुग्ने विश्वास उनको छ । भदौं १ गतेदेखि ‘प्लाष्टिक प्रदूषण मूक्त’ बनाउन थप कामहरु अघि बढाउने मन्त्री यादवको भनाई छ ।

वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषण नियन्त्रण गर्न मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको उनले बताए । “वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन म लागि परेको छु, मन्त्रालयबाट खटिएको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनासाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छ ।’ उनले भने ।

प्लाष्टिकजन्य फोहर र प्रदूषण कम गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताए । ‘प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामीले मात्रै चालेका कदमहरु अपर्याप्त हुन सक्छन । अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको आवश्यकता छ, यो महा अभियानमा सबैको साथ र सहयोग चाहिन्छ ।’ मन्त्री यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?