+
+

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १८:०४

२३ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए ।

गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?