+
+

विन्ध्यवासिनी र गलेश्वर धाममा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १३:१०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालयमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा क्युआर सेवाको शुभारम्भ गरेका थिए ।

म्याग्दीको बेनीस्थित गलेश्वर धाममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी,बेनी नगरपालिकाका मेयर सुरत केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले क्यूआर सेवाको शुभारम्भ गरेका थिए ।

गलेश्वर धाममा क्यूआर सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?