+
+

सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १४:२५

२४ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ ।

२०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएपछि परिषद्ले परीक्षा सञ्चालन गर्न सकेको थिएन ।

सर्वोच्चले उक्त मुद्दा फिर्ता लिईसकेको भन्दै गत जेठ १६ गते लोक सेवा आयोगबाट विभिन्न मिति र समयमा परीक्षा कार्यक्रम संचालन गर्न सहमति दिएकाले परीक्षाको समयतालिका सार्वजनिक गरेको सीटीईभीटीले जनाएको छ ।

सार्वजनिक समयतालिका अनुसार परीक्षा भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लोक सेवा आयोग अनामनगरमा सञ्चालन हुनेछ ।

परिषद्ले समयतालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने दिन अप्रत्यासित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित नहुने जनाएको छ ।

कोभिडको संक्रमण बढ्दै गएको स्वास्थ्य सुरक्षाको मापदण्ड सहित परीक्षा हलमा प्रवेश गर्न सूचित गरेको छ ।

सूचना हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?