१८ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा चार जना विज्ञ सदस्य नियुक्त गरेको छ ।
मन्त्रालयले आईटी नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, डा. दिपेश्वरमान श्रेष्ठ र प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।
एकेडेमिक काउन्सिल सीटीईभीटीको शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय मानिन्छ । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया 4