+
+
Shares

श्रममन्त्री यादव भन्छन्- ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १६:२६

१८ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित सम्मान कार्यक्रममा उनले नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र आकर्षक रोजगारीको अवसर सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको बताएका हुन् ।

विदेश जाने युवाले पनि सीप, प्रविधि र ज्ञान आर्जन गरी थप सक्षम भएर स्वदेश फर्किने वातावरण तयार पारिने उनले बताए ।

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, सीपमुखी र उत्पादनमुखी बनाउने नीति अवलम्वन गरेको उनको भनाइ छ ।

उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामार्फत स्वदेशमै स्थापित गर्ने सरकारको नीति रहेको बताए ।

विदेशबाट फर्किएका उद्यमीहरू अन्य श्रमिकका लागि प्रेरणाको स्रोत भएको उनको भनाइ छ । उनले रास्वपा नेतृत्वको सरकारले पाँच वर्षभित्रै देश बस्न लायक बनाउने दाबी गरे ।

उनले भने, ‘यो सरकार नेपालको श्रम बजारलाई सीपयुक्त, उद्यमशिलता र रोजगारीका लागि सम्मानजनक र आकर्षक बनाउन प्रतिबद्ध छ । हामी यस्तो बलियो आधार निर्माण गर्दैछौँ, जसले युवाहरूलाई नेपालमै बस्ने वातावरण बनाउनेछ । र यदि तपाईं विदेश जान चाहनुहुन्छ, संसार हेर्न चाहनुहुन्छ, नयाँ कुरा सिक्न चाहनुहुन्छ र आर्जन गर्न चाहनुहुन्छ भने पनि तपाईं नयाँ सीप, प्रविधि र ज्ञान लिएर अझ सक्षम भएर फर्किन सक्ने वातावरण निर्माण भइरहेको छ । ढुक्क हुनुहोस्, हामी देश यसैपालि बनाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?