+
+
Shares

‘सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई अभियानको रूपमा अघि बढाएको छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रममन्त्री रामजी यादवले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कार्यलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको बताएका छन् ।
  • उनले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी राम्रो कानून बनाएर रोजगारीको अवसर सृजना गर्न चाहेको स्पष्ट पारे ।
  • सरकारले विदेश पलायन भएका युवालाई स्वदेशमै रोजगारीको अवसर दिने अठोटका साथ काम गरिरहेको उनले बताए ।

३१ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै मन्त्री यादवले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले रोजगारदाता लगायत सम्बन्धित पक्षसँग व्यापक छलफल गरेर अघि बढने योजना बनाएको बताए ।

उनले बौद्धिक सम्पती संरक्षण सम्बन्धी राम्रो कानुन बनाएर त्यसबाट पनि रोजगारीको अवसर सृजना गर्न चाहेको बताए ।

मन्त्री यादवले कुनै पनि युवालाई रोजगारीको खोजीमा विदेश जान बाध्य हुने विद्यमान अवस्थाको अन्त्य गर्ने सपना आफूले लिएको पनि बताए ।

उनले भने, ‘हामीले युवालाई सिप, रोजगार र उद्यमसँग जोडने कामलाई राष्ट्रिय अभियानको रूपमा बढाएका छौं । अबको दशकमा गोभरमेन्ट, इम्प्वोइयरको बीचमा कोअपरेसन गरेर रोजगार कसरी सृजना गर्न सकिन्छ ? यसमा छलफलहरू गरौँला, कामहरू गरौँला ।’

मन्त्री यादवले सरकारले विदेश गएका युवालाई पनि स्वदेशमा नै रोजगारीको अवसर दिने अठोटसहित काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?