+
+

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १७:११

२४ साउन, काठमाडौं । दक्षिण कोरियामा भीषण वर्षाका कारण बाढीमा परी मंगलबार विहान सम्ममा ८ जनाको ज्यान गएको छ ।

बाढीमा ६ जना बेपत्ता छन् । लगातार एक हप्तादेखि वर्षा रोकिएको छैन् । राजधानी सिओल र छिमेकी प्रान्तहरुमा ८० वर्ष यता कै भारी वर्षा मापन गरिएको छ ।

मंगलवार विहान ११ वजे सम्ममा राजधानी सिओलमा ५ जनाको ज्यान गएको र ४ जना बेपत्ता भएको कोरियन प्रहरीलाई उद्धृत गर्दै योनहावले जनाएको छ । त्यस्तै ख्यङगीदो प्रान्तमा ३ जनाको मृत्यु भएको र २ जना बेपत्ता छन् ।

बाढीले राजधानी बढी प्रभावित बनेको छ । राजधानी नजिकको सहर ईन्छन र ख्यङगीदो प्राप्तमा सोमवार राती १ सय मिलिमिटर प्रतिघण्टाका दरले वर्षा मापन गरिएको थियो ।

यो वर्षा सन् १९४२ यताको सबैभन्दा भिषण भएको बताइएको छ । विहीबार सम्ममा राजधानी सिओलमा थप ३ सय मिलिमिटर र ख्यङगीदो प्राप्तमा थप ३ सय ५० मिलिमिटर सम्म वर्षा हुन सक्ने कोरियाको मौसम विभागले प्रक्षेपण गरेको छ ।

ख्यङगीदो प्रान्तमा ९ जना घाईते छन्, त्यस्तै राजधानीमा २ सय ३० परिवारका ३ सय ९१ जना घरबारविहीन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?